पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । गत शुक्रबार बढेको सुनको भाउ आज आइतबार आठ सय रुपैयाँले घटेको हो ।
भाउ घटेसँगै आज छापावाला सुनको भाउ एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन गत बिहीबार प्रतितोला एक लाख ५६ हजार छ सय र बुधबार प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा भने एक लाख ५७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदीको मूल्य पनि ३० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी एक हजार आठ सय ८० रुपैयाँ र बुधबार चाँदी एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा चाँदीको भाउ एक हजार आठ सय ९० रुपैयाँँ कायम भएको छ ।






