पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा उत्तम जोशी चयन भएका छन् ।
संघको हालै सम्पन्न प्रथम अधिवेशनले जोशीलाई अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा किसन जिसी, सचिवमा अनुष कुँवर, कोषाध्यक्षमा भीममाया गुरुङ (ज्योती), सहसचिवमा नवलपुरका शिवप्रसाद न्यौपाने छन् ।
कार्यसमिति सदस्यमा मनाङका क्षितिज गुरुङ, कास्कीका विकास कृष्ण नकर्मी र दीपकराज गिरी, स्याङ्जाका अविश्चल भुजेल र दर्पण श्रेष्ठ, तनहुँका खुमबहादुर कार्की छन् ।






