झापा । झापामा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति नगरपालिका वडा नं ४ की २७ वर्षीया अमृता तामाङ छन् ।
प्र १-०१-००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१-०१-००१ ज ३८५१ नंको जीप एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा जीप चालक मेचीनगर नगरपालिका-१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति-४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् । उनीहरुकोे सिटी अस्पताल बुधबारेमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।
अटोरिक्सा चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






