• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भीष्म पितामहको अवशान !

नीतिप्रेस by नीतिप्रेस
February 22, 2025
in नेपाली समाचार आजको, लेख / आलेख, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रवीन्द्र माकाजू

लीलाभक्त आचार्य ९० बर्षको उमेरपछि पनि ४० बर्षे युवा जवान जस्तै थिए । अनुहारमा लाली, हसिलो स्वभाव । झट्ट हेर्दा कसैले पत्याउदैनन् ९० बर्ष कटेका ठिटो लिलाभक्त आचार्य भनेर । जुनसुकै सभा, समारोहमा पुग्थे उनी । धार्मिक अभियन्ता आचार्यलाई भन्ने गर्थे, ‘भीष्म पितामह !’ लीलाभक्तलाई पोख्रेलीले दानवीरका रुपमा पनि लिने गर्दछन् । पछिल्लो पटक पुम्दीकोटमा शिवमूर्ति निर्माणमा पनि उनको महत्वपूर्ण योगदान छ । थुप्रै ठाउँमा चन्दा दिए । राममन्दिर बिरौटाको निर्माण र विकासमा उनको अतुलनीय योगदानको सबैले प्रशंसा गर्ने गर्दछन् ।

मैले ०४० सालतिर पहिलो पल्ट लीलाभक्तलाई देखेको हुँ । त्यसबेला राममन्दिरमा स्वदेश तथा विदेशका जुनसुकै महात्माहरुको धार्मिक कार्यक्रम त्यहाँ सञ्चालन हुन्थ्यो । राम मन्दिर हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र हो । उनले राम मन्दिरलाई भव्य तीर्थस्थलको रुपमा विकसित गराए । अहिले राममन्दिरको चर्चा देश-विदेशमा हुने गर्छ । राममन्दिर अहिले पोखराको प्रमुख तीर्थस्थलको रुपमा चिनिन्छ ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलन पोखराको शैक्षिक तथा धार्मिक क्षेत्रमा आचार्यले पुर्‍याएको अतुलनीय योगदानलाई बिर्सन मिल्दैन । देशमा राणाहरूबाट बढ्दै गएको अन्याय र शोषण गरेको कारणले उनी राजनीतिमा लागे । पिता ईश्वरीप्रसाद र माता लक्षीमादेवी आचार्यको कोखबाट वि.सं. १९८७ सालमा जन्मिएका लीलाभक्त २० वर्षको कलिलै उमेरमा राजनीतिमा प्रवेश गरे । ठूला नेतासँग राजनीति सिक्दै र राणाका विरुद्ध जाग्दै जनतालाई मुक्ति दिलाउने र राष्ट्रको मुहार उज्यालो पार्ने सपना बोकेर उनी श्रीभद्र शर्मा, टेकनाथ बराल, कानोबाबा, टीकाराम बराल, हुमनाथ बराल, पं. ऋषिकेश पराजुली, डिठ्ठा भक्तबहादुर भट्टराई आदिसंग संगत गर्न पुगे ।

देशमा प्रजातन्त्र आएपछि देशमा शैक्षिक लहर चल्यो । आचार्यले टेकनाथ बराल सँग अंग्रेजी भाषा सिक्न थाले । त्यस अघि आफ्ना पिता ईश्वरीप्रसादका साथमा रहेर अनौपचारिक रूपमा शास्त्रका ज्ञान प्राप्त गर्दै अक्षर वाचन गर्ने कला सिकेका थिए । एकपटक सिकाएका अक्षर फेरी सिकाउन नपर्ने विलक्षण प्रतिभा उनीसँग हुँदा अंग्रेजी भाषा राम्ररी सिके । २०१४ सालमा तालबाराही स्कूल स्थापना गराए । उनी २०३१ साल विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेका थिए । २०१९ सालमा पार्दी मावि स्थापनामा पनि महत्वपूर्ण भूमिका खेले । २०१५ सालमा विन्ध्यवासिनीमा रात्रि पाठशाला खुलेपछि लीलाभक्तको शैक्षिक ध्यान त्यसतर्फ उन्मुख भयो ।

२००७ सालमा प्रजातन्त्रको उदय भएपछि लीलाभक्त आचार्यमा खुशीको सीमा रहेन । देशमा प्रजातन्त्र संस्थागत हुने र नेपाली युवाहरूले सुन्दर भविष्यको निर्माण गर्नसक्ने संभावना देखेर प्रजातन्त्रको आगमनपछि आचार्य अघि बढे । नेपाली कांग्रेसको राजनीतिमा सक्रियतापूर्वक भाग लिए । समय वित्तै गयो । २०१५ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसले १०९ सीटमध्ये ७४ स्थानमा विजय प्राप्त गर्‍याे । कास्की क्षेत्र नं. ९९ मा मिनबहादुर गुरुङलाई जिताउन आचार्य अहोरात्र जुटे । दुई तिहाई बहुमतसहित विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि देशमा जनताले ठूलै राहतको महसुस गरेका थिए । लीलाभक्त आचार्य पोखरामै रहेर नेपाली कांग्रेस क्षेत्र नं. ९९ को नेतृत्व गर्दै थिए । उनी सभापति थिए । उनले विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको आर्मी क्याम्पलाई सो क्षेत्रबाट हटाउन प्रेम चैतन्य ब्रह्मचारीले गरेको अनसन सफल पार्न सहयोग पुर्‍याएका थिए । आचार्य नेपाली कांग्रेसको महाधिवेशनहरुमा सहभागी हुन मुलुकका विभिन्न भाग पुगे । २०१० सालमा बीपी कोइराला लगायतका नेताहरु पोखरा आउँदा तेजेन्द्र गौचनले विरोध गरेकाले उनलाई कालोमोसो दलिएको घटना आचार्य सुनाउँछन् । वीपी कोइराला, विश्वबन्धु थापा, डा. तुलसी गिरी फेवातालमा आई नुहाउने र डुंगा शयर गर्ने कार्य हुँदा त्यस लगतै फेवातालमा डुंगा व्यवस्थापन गर्ने जिम्मेवारी आचार्यले पाए ।

२०१४ सालमा भद्रअवज्ञा आन्दोलमा मिनबहादुर गुरुङ, तर्कबहादुर कुँवर, थानेश्वर पोख्रेल, योगेन्द्रमान शेरचनसँगै लिलाभक्त आचार्य पनि जेल परे । २०१७ साल पौष १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेको दिन आचार्य काठमाडाैँमा थिए । उनी भागेर हेटौडा नारायणगढको बाटो हुँदै चौंथो दिन पोखरा आइपुगे । त्यसपछि उनलाई पोखरामा पक्राउ गरी बन्दीपुर जेल चलान गरियो । त्यसबेला प्रेमबहादुर कुँवरलाई नुवाकोट जेलमा पठाइएको थियो भने पं. ऋषिकेशव, रसमोहन भट्टराईहरु भागेर भारत पुगे । २०१८ सालमा आचार्य टेलिफोन तार चोरीको अभियोगमा पक्रिए । २०१९ सालमा पुनः शिशुवामा भएको तार चोरीको अभियोगमा आचार्य पक्राउ परे । २०२० सालमा पनि रत्नमन्दिर बैदामबाट वडा हाकिम कार्यालयसम्म टेलिफोनको तार काटिएको आरोपमा पूर्वसहायक मन्त्री मिनबहादुर गुरुङ, तर्कबहादुर कुँवर, टेकनाथ बराल, कृष्णबहादुर कुँवर, हरिबहादुर भट्टराई र लिलाभक्त आचार्यलगायतलाई फूलबारी व्यारेकमा राखि निर्घात कुटपिट गरियो । १५ दिनपछि बागमती अञ्चलाधीश कार्यालय काठमाडाैँमा दैनिक हाजिर हुनेगरी यातना दिइयो । चार महिनापछि उक्त मुद्दा खारेज गरी आचार्यलगायतलाई पोखरा फिर्ता पठाइयो ।

आचार्यले सरकारी कार्यालयहरुलाई पार्दीमा सार्ने विचार गरेर तत्कालीन अञ्चलाधीश भूदेव राईबाट केही कार्यालय भवनको शिलान्यास समेत गराइयो । त्यस कार्यका लागि करिब एक सय ६५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइयो । सो जग्गा दिएबापत जग्गा धनीहरुलाई नेपाल राष्ट्र बैंकको पूर्वपट्टीको बाटो चक्ल्याई पश्चिमपट्टीको घडेरी दिने निर्णय गरेको आचार्य बताउँछन् । त्यसैगरी राष्ट्रबैंक चोकबाट मुस्ताङचोक सम्मको बाटो खोल्न जग्गाधनीलाई सहमत गराए ।

२०२१ सालपछि पञ्चायती व्यवस्थाका कट्टर विरोधी आचार्यले सुवर्ण सम्सेर राणाको उपयोगको नीति अवलम्बन गर्दै पञ्चायतको विभिन्न पदमा रहेर नेपाली कांग्रेसलाई सहयोग गर्न सकिन्छ भन्ने विचार राख्दै २०२१ सालमा उनी पोखरा वडा नं. ९ को वडा अध्यक्षमा निर्वाचित भए । त्यसैबेला महेन्द्रपुल नयाँबजारमा महेन्द्र प्रा.वि.को स्थापना गरे । आचार्य २०२५ सालमा कास्की जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए । २०२९ सालमा उनी अञ्चल सभामा निर्वाचित भए । २०२२ सालमा पातले छांगोबाट आउने आम्दानी छोरेपाटन स्कुललाई प्राप्त हुने व्यवस्था उनले मिलाए । २०२१ सालमा महेन्द्रपुल एयरपोर्टको बाटो निर्माण गर्न आचार्य सक्रिय भए । २०२४ सालमा वडा नं. १७ को अध्यक्ष भएर जानकी प्रावि महतगौँडामा स्थापना गरे । आचार्य २०३६ सालमा बहुदलीय व्यवस्थाका पक्षधर बने । २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्य पदको उम्मेद्वार बनेका आचार्य २०४६ सालको संयुक्त जनआन्दोलन पछि देशमा संवैधानिक राजतन्त्रको उदय तथा देशमा आएको महत्वपूर्ण राजनीतिक परिवर्तनलाई सहर्ष स्वीकारे । राष्ट्र सधैं एउटै अवस्था र स्वरूपमा रहन सक्तैन, परिवर्तन भइरहन्छ भन्ने उनको मान्यता छ । २०४३ देखि २०४६ सालसम्म प्रौढसंगठनको गण्डकी अञ्चल सभापति भई प्रौढहरूको हकहितको संरक्षण तथा आत्मसम्मानका निम्ति उनी सक्रिय भए ।

आचार्यको जीउडाल धर्मात्माको जस्तो लाग्छ । प्रायः उहाँको निधारमा टीका टल्केको पाइन्छ । राममन्दिर पार्दीको २०४० देखि हालसम्म संस्थापक अध्यक्ष भई मन्दिर परिसरको निर्माणमा हालसम्म पनि सक्रिय छन् । श्री राममन्दिर पार्दी विरौटाको लागि २०५० तिर पटक पटक गरी करिब सात लाख मूल्य पर्ने जग्गा प्रदान गरी धर्मशाला निर्माण गरेका छन् । विभिन्न मठ मन्दिर जस्तै पाताले छाँगोमा सरस्वती मन्दिर, हरिहर मन्दिर भलाम, पशुपति मन्दिर चिरगादी र लामाखोर बैदामको केदारेश्वर मन्दिरमा आर्थिक तथा अन्य सहयोग गरेकाले ती संस्थामा उनी संरक्षक, विशिष्ट व्यक्तित्व, आजीवन सदस्य एवं सल्लाहकारका रूपमा छन् । २०५६ सालमा सनातन धर्म सेवा समिति पोखराबाट प्राप्त सनकमान पुरस्कारमा त्यति नै रकम थप गरी मुक्तिनाथ विकास समितिलाई प्रदान गरे । २०५४ सालदेखि मुक्तिनाथ विकास समितिको अध्यक्ष र २०५६ सालदेखि छ वर्ष गुप्तेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष बनेका आचार्यको शैक्षिक क्षेत्रमा पनि त्यत्तिकै महत्वपूर्ण योगदान रहेको छ ।

उनले २०३० सालमा कृष्ण मन्दिर स्थापना गर्न मद्दत गरे । २०४० सालमा मासबारमा शिव मन्दिर स्थापना गर्न सहयोग पुर्‍याए । ०४० सालमा छोरेपाटनमा दुर्गा मन्दिर स्थापनाका लागि सक्रिय आचार्यले ०५५ सालमा पण्डित नारायणप्रसाद पोखरेललाई केदारेश्वर मन्दिरमा बोलाएर महायज्ञ गर्न लगाए । त्यहाँ उठेको रकमले प्रवचन हल तयार हुन सक्यो । त्यस्तै ०५८ सालमा गुप्तेश्वर गुफाको अध्यक्ष हुँदा महायज्ञ लगाएको पैसाले जग्गा किन्ने र धर्मशाला बनाउने कार्य सम्पन्न हुन सक्यो । ०७० सालमा पार्दीको पुरानो राम मन्दिर, शिव मन्दिर, गणेश मन्दिरको पुननिर्माण गरी भव्य र विशाल बनाईएको छ । जसको समुद्घाटन तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी महाराजबाट भएको थियो । आचार्यले स्वतन्त्र पत्रकार संघ नेपाललाई रु पाँच लाख अक्षयकोष स्थापना गरी जुझारु पत्रकारलाई पुरस्कृत गर्ने व्यवस्था समेत मिलाएका छन् ।

शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् तथा सबैले समयोचित शिक्षा प्राप्त गरुन् भन्ने उनको धारणा छ । वि.सं. २०१० सालमा पोखराको वैदाम जरेवरमा तालबाराही प्राथमिक विद्यालयको स्थापनामा लीलाभक्त आचार्यको अग्रणी एवं नेतृत्वदायी भूमिका रहेको पाईन्छ । आचार्य त्यस विद्यालयको २०३१ सालसम्म निरन्तर अध्यक्ष भए २०१५ सालमा विन्ध्यवासिनीमा रात्री पाठशाला खुलेको थियो । आचार्य त्यसको अध्यक्ष बन्न पुगे । त्यस रात्री पाठशालामा विशेषगरी अंग्रेजीको पढाई हुन्थ्यो । पोखरा भीमकाली पाटनस्थित विन्ध्यवासिनी संस्कृत विद्यापीठको आचार्य २०४९ सालदेखि २०५७ सालसम्म अध्यक्ष थिए । उनी २०५४ सालमा संस्कृत विश्वविद्यालयको सभासद बने । उनले विन्ध्यवासिनी संस्कृत विद्यापीठको भौतिक एवं शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याए। आफू अध्यक्ष हुँदा विन्ध्यवासिनी संस्कृत विद्यापीठको नयाँ भवनको शिलान्यास २०५४ सालमा शंकराचार्य जयन्द्र सरस्वतीबाट गराएर विद्यापीठको गरिमा बढाए । त्यसैगरी २०५६ सालमा नवनिर्मित सो भवनको उद्घाटन तत्कालीन राजा वीरेन्द्रको बाहुलीबाट गराएका थिए । प्रजातन्त्र सेनानी संघका जिल्ला सभापति लीलाभक्त आचार्य लामो समयदेखि विश्वहिन्दू महासंघमा पनि आवद्ध थिए । उनी ०६० सालमा राष्ट्रिय अध्यक्ष समेत बनेका थिए ।

पोखरा छोरेपाटनस्थित हालको छोरेपाटन उच्च माध्यमिक विद्यालयको स्थापनामा लीलाभक्त आचार्यको भूमिका अग्रणी रहेको छ । २०३३ सालमा स्थापित सो विद्यालयमा आचार्य २०३३ देखि २०४६ सालसम्म अध्यक्ष बनेर विद्यालयको भौतिक संरचना मजबूत पारेका थिए । २०२२ सालमा हालको लेखनाथ नगरपालिकास्थित शिशुवा प्राथमिक विद्यालयलाई आफ्नो निजी ८ रोपनी जग्गा प्रदान गरेर आचार्यले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको स्थानीय समाजसेवी बताउँछन् ।

आचार्यले विभिन्न मठमन्दिर, आश्रम, विद्यालयलाई अनगिन्ती सहयोग गरेका छन् । उनको योगदानको कदरस्वरुप विभिन्न संघ संस्थाले सम्मान र अभिनन्दनपत्र प्रदान गरेको छ ।
भीष्म पितामह आचार्यको अवशानले पोखरावासीलाई शोकमा डुबाएको छ, स्तव्ध पारेको छ । भीष्म पितामहको वैकुण्ठवासको कामना गर्दछु ।

Previous Post

प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन

Next Post

भारतमा सवारी दुर्घटना, तीन नेपालीको घटनास्थलमै मृत्यु

Next Post
फाइत तस्बिर

भारतमा सवारी दुर्घटना, तीन नेपालीको घटनास्थलमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन