• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा युनाइटेड एकेडेमीमा एसइई कप सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
June 22, 2025
in खेलकुद समाचार, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा एसइई कप २०८२ सम्पन्न भएको छ । प्रतियोगिताअन्तर्गत बास्केटवल (छात्र) तर्फ बेनी नगरपालिका (बेनपा) ले जितेको छ । बेनपाले अन्नपूर्ण गाउँपालिका बीलाई पराजित गर्दै उपाधि जितेको हो ।

विजेता बेनपाले १२ हजार तथा उपविजेता अन्नपूर्ण गाउँपालिका बीले आठ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै बास्केटवल (छात्रा) तर्फको उपाधि अमिचीले जितेको छ । मर्दीखोलालाई पराजित गर्दै उपाधि जितेको अमिचीले १२ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता मर्दीखोलाले आठ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बास्केटवलमा छात्रतर्फ ३४ र छात्रातर्फ नौ गरी ४३ टिमले प्रतिस्पर्धा गरेको विद्यालयका सहायक प्राचार्य गोविन्दप्रसाद चापागाईंले जानकारी दिए ।

यता, भलिबल (छात्र) तर्फको उपाधि न्यू ग्यालेक्सी माविले जितेको छ । न्यू ग्यालेक्सीले पोखरा युनाइटेडलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो । विजेता न्यू ग्यालेक्सीले १२ हजार र उपविजेता पोखरा युनाइटेडले आठ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै भलिवल (छात्रा) तर्फ भकुण्डेको शान्ता माविले पोखरा युनाइटेडलाई हराउँदै उपाधि जितेको छ । विजेता शान्ताले १२ हजार र उपविजेता पोखरा युनाइटेडले आठ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भलिवलमा ४० छात्र र १० छात्रा गरी ५० टिमको सहभागिता रहेको थियो ।

यता, फुटसलको उपाधि वेलनन एकेडेमीले जितेको छ । वेलननले स्टेप बाई स्टेप बीलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो । विजेता वेलननले १२ तथा उपविजेता स्टेप बाई स्टेप बीले आठ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा ३२ टिम सहभागी थिए ।

यस्तै तीन चरणमा भएको क्वीज प्रतियोगितामा पोखरा युनाइटेड एकेडेमी, गण्डकी बोर्डिङ स्कुल र शान्ति निकेतन स्कुल प्रथम भएका छन् । विजेता तीन वटै विद्यालयले चार÷चार हजार रुपैयाँ नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

विजेता टिम तथा खेलाडीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारी, प्राचार्य बयानबहादुर गोदार, सहायक प्राचार्यद्वय देवेन्द्र अधिकारी र गोविन्दप्रसाद चापागाईं, विद्यार्थी संयोजक फणीन्द्रराज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

२०५० सालमा स्थापित विद्यालयमा हाल नौ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय ५० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।

विद्यालयका अनुसार आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको छ ।

तस्बिरहरु

Previous Post

सिङ्गापुरद्वारा नेपाललाई एक सय ३९ रनको चनाैती

Next Post

न्यू ग्यालेक्सी स्कुल भलिबल च्याम्पियन

Next Post

न्यू ग्यालेक्सी स्कुल भलिबल च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन