• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जसपा नेपालका तीन सांसदसहित १८ जना नेता कार्यकर्ता गिरफ्तार

नीतिप्रेस by नीतिप्रेस
August 20, 2025
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी नेपालले गौर हत्याकाण्डको विषयलाई लिएर मसाल जुलुस निकाल्दै निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरीले बुधबार बबरमहलबाट नेता कार्यकर्ता पक्राउ गरेको छ । जसपा नेपालका सङ्घीय सांसद एवं प्रवक्ता मनिष कुमार सुमन, मधेस प्रदेश सांसद किरन साह, लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेसहित १८ जनालाई गिरफ्तार गरेको जनता पार्टीका प्रवक्ता मनिष सुमनले बताउनु भयो ।

गिरफ्तार गरिएकाहरुमा बबी सिंह, रेणुराज सिंह, केन्द्रीय सदस्य शशिकपुर मियाँ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवाका महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, दिनेश यादव, समाजवादी विधार्थी युनियन नेपालका महासचिव बलराम कापरी, कार्यालय सचिव मुकेश यादव, हंसा साह, पुर्व प्रदेश सभा सदस्य बिन्देश्वर यादव विक्की, स्मिता यादव, विधार्थी युनियनको उपाध्यक्ष ललन यादव, भोगेन्द्र यादव रहेका छन्।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी–निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाबिच भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

सोही घटनाका पीडितले प्रहरीले अनुसन्धान अघि नबढाएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको सोमबारको संयुक्त इजलासले गौर हत्या घटना छानविनका लागि निवेदकको माग बमोजिम परमादेश जारी गरेको हो ।

यो आदेशसँगै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अनुसन्धानमा तानिने भएपछि कार्यकर्ताहरुले मसाल जुलुस निकालेका हुन् ।

Previous Post

कारागारका कैदीको उपचारका क्रममा मृत्यु

Next Post

पोखराबाट अवैध लागू औषधसहित युवक पक्राउ

Next Post

पोखराबाट अवैध लागू औषधसहित युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन