जेठ १८ । “समृद्ध समाज निर्माणमा आमाहरूको अतुलनीय योगदानप्रति हार्दिक सम्मान कार्यक्रम” पोखराको जरेवरस्थित फिस्टेल क्याटरिङमा भव्यताका साथ सम्पन्न भएको छ।पोखरा महानगरपालिका वडा नं. ६ को आयोजना तथा महिला सञ्जाल पोखरा–६, बैदामको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। आमाहरूले समाज रूपान्तरणमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै आयोजना गरिएको यस सम्मान कार्यक्रमलाई सफल पार्न पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य दिपेन्द्र पहारीले मुख्य नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा आफ्नो भनाइ राख्दै वडा सदस्य दिपेन्द्र पहारीले भन्नुभयो:”हरेक सभ्य र समृद्ध समाजको जग नै आमाहरू हुन्। आफ्नो परिवारसँगै सिङ्गो समाज र राष्ट्र निर्माणका लागि आमाहरूले पुर्याउनुभएको नि:स्वार्थ योगदानको सम्मान गर्नु हामी जनप्रतिनिधि र सम्पूर्ण समाजको दायित्व हो। आगामी दिनमा पनि आमाहरूको क्षमता अभिवृद्धि र अधिकारका लागि वडा सधैं लागिरहनेछ।”कार्यक्रममा स्थानीय आमा समूहका प्रतिनिधिहरू, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।





