Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्वावलम्बन जीवन पद्धति केन्द्रमा अन्जना

नीतिप्रेस by नीतिप्रेस
November 26, 2026
in Uncategorized
0
स्वावलम्बन जीवन पद्धति केन्द्रमा अन्जना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अपांगता भएका व्यक्तिहरुको लागि स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको १८ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन भएको छ ।

अधिवेशनसँगै संस्थाको सामाजिक परीक्षण समेत गरिएको छ । अधिवेशनबाट अध्यक्ष अन्जना केसीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्ष डिल्लीराम सुवेदी, महासचिव सन्ध्या सुवेदी कोषाध्यक्ष गंगा गुरुङ छन् । कार्यसमितिको सदस्यमा पविता बस्नेत, अमरबहादुर थापा, गोविन्द कार्की, रहेको अध्यक्ष केसीले जानकारी दिइन् ।

पोखरा महानगरपालिका वडा नम्बर ७का अध्यक्ष राममोहन आचार्यले सरकारी निकायले बनाउने भौतिक पूर्वाधारमा सबैको पहँुच सुनिश्चित हुनु पर्ने बताए । ‘अपांगता भएको व्यक्तिको सशक्तिकरण तथा विकासको लागि राज्यका निकायमा रहने व्यक्तिको भनाइ र गराइमा तालमेल हुन सकेको छैन,’ उनले भने, ‘एकले अर्कालाई देखाएर हुँदैन । तोकिएको जिम्मेवारी पुरा गर्नु पर्छ ।’ उनले संस्थाको हरेक काम शिक्षासँग जोडिएको चर्चा गरे । उनले सबै संघसंस्थासँगको साझेदारीमा वडा कार्यालयले मानवीय विकासको क्षेत्रमा काम गर्ने जानकारी दिए । उनले सिमित श्रोत र साधनको बावजुद संस्थाले सामाजिक सुरक्षाको क्षेत्रमा काम गरेको बताए ।

राष्ट्रिय अपांग महासंघ गण्डकी नेपाल गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरुङले अपांगताका जटिल पक्ष बाहिर ल्याउन सकेमात्र समाज र राष्ट्रले बुझ्न सक्ने तर्क गरे । उनले अपांगताको सवालमा राज्यका निकाय जिम्मेवार र जवाफदेही बन्न पर्ने बताए ।

कार्यक्रममा तालबाराही माविका प्रधानाध्यापक द्रोणराज भुर्तेल, स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका कार्यक्रम संयोजक दिनेश अधिकारी, वित्त संयोजक पूजा कोइराला, अभिभावक लोचना अधिकारी लगायतले अपांगताको सवालमा बोलेका थिए । सभाले स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका महासचिव सन्ध्या सुवेदीले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गंगा गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधार सहित पारित गरेको छ ।

Previous Post

अद्यावधिकमा ढिलाइ हुँदा उठेका शंका चिर्दै आयोगले मान्यता दियो कांग्रेसको १५ औं महाधिवेशनलाई वैधता

Next Post

आइजिपी नियुक्तिमा अन्तरिम आदेश अस्वीकार

Next Post
आइजिपी नियुक्तिमा अन्तरिम आदेश अस्वीकार

आइजिपी नियुक्तिमा अन्तरिम आदेश अस्वीकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन