Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

जलेश्वरस्थित प्रादेशिक अस्पताललाई आवश्यक जनशक्ति दिन सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले महोत्तरी जिल्लाको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा आवश्यक स्रोत, साधन र जनशक्ति पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 


बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले ४१ वर्ष अगाडी स्थापना गरिएको सो प्रादेशिक अस्पतालमा अझैपनि स्रोत, साधन र जनशक्तिको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले शैय्याको संख्या थप्ने निर्णय गरेको तर सो अनुरुपको दरबन्दी र जनशक्ति व्यवस्थापन हुन नसकेको भन्दै आवश्यक दरबन्दी व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले जनशक्तिको अभावमा आइसियु, हेमोडाइलाइसिस र ब्लड बैंक चलाउन ल्याइएको बहुमूल्य उपकरणहरु प्रयोगविहिन अवस्थामा रहेका बताउनु भयो । उहाँले सेवाग्राहीले सेवा लिनबाट विमुख रहेको कुराको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘मधेसका स्वास्थ्य संस्थाहरुको दुर्गती देखेका छौँ । जनताहरुले आधारभुत सेवाका लागि तड्पिएको देखेका छौँ । र त्यहाँ चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु र उपयुक्त स्रोत, साधन पाउनका लागि लडिरहेको अवस्था पनि हामीले देखेका छौँ । अब यो पीडाहरु भोग्नु नपरोस् । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालको कुरा गर्न चाहन्छु, १५ शैय्याको जलेश्वर प्रादेशिक अस्पताल ४१ वर्ष अगाडी स्थापना गरिएको । कागजमा करिव ४ वर्ष अघि ५० सैय्यामा र ६ महिना अघि १०० शैय्यामा स्तरोन्नति गरिएको छ । बेडको संख्या बढाएर बढिभन्दा बढी जनताले सेवा पाउँछन् कि त्यसमार्फत सेवा पु¥याउन जनशक्ति, स्रोत, साधन र अन्य सहयोगको पनि आवश्यकता हुन्छ ? अस्पताल प्रशासनले बारम्बार जनशक्ति व्यवस्थापनका लागि पत्राचार गरिराख्दा पनि आजसम्म यो अस्पताल १५ शैय्याको दरबन्दीमा मात्रै चलिराखेको छ । बेड अनुसारको दरबन्दी र दरबन्दी अनुसारको जनशक्तिको व्यवस्थापन नहुँदा २४ घण्टे सेवा प्रवाहमा कस्तो र कति कठिनाई उत्पन्न हुन्छ भन्ने मामुली कुरा नि सरकारले नबुझ्ने हो भने अरु प्रगति स्वास्थ्यमा कसरी हुन्छ ? जनशक्तिको अभावमा आइसियु, हेमोडाइलाइसिस, ब्लड बैंक चलाउन ल्याइएको बहुमूल्य उपकरणहरु वर्षौदेखि प्रयोग विहिन अवस्थामा रहेको । सेवाग्राही सेवा लिनबाट विमुख रहेको कुराको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ 


उहाँले नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist