• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारलाई काँग्रेस सांसद ढुंगानाको सुझावः कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास गरौं

नीतिप्रेस by नीतिप्रेस
March 15, 2024
in अन्य, जीवनशैली, नेपाली समाचार आजको, फिचर, राजनीति, लेख / आलेख, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । 


शुक्रवार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । पूर्वमन्त्री समेत रहनुभएका सांसद ढुंगानाले ऊर्जा क्षेत्रको विकासका लागि तत्काल बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले विगतमा अरुण तेस्रो जलविद्युत आयोजनाको काम अघि नबढाउन मुलुकको अर्थतन्त्र ऋणात्मक अवस्थामा रहन गएको उल्लेख गर्दै यसको सुधारका लागि ऊर्जा क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । सांसद ढुंगानाले सिंचाईको आवश्यक व्यवस्था गरेर सरकारले मुलुकलाई निर्यातलाई समेत पुग्नेगरी अनाजको उत्पादन बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । 


उहाँले भन्नुभयो, ‘हाम्रो बजेट ऋणात्मक भएको छ । त्यसलाई कम गर्ने हो भने निर्यातलाई बढाउनु पर्छ । निर्यात बढाउने अहिलेको अवस्था जलस्रोत शिवाय अरु छ जस्तो मलाइ लाग्दैन । मलाई थाहा छ–केटाकेटीमा हामीलाई शरदको मान्छे भनिन्थ्यो । र इन्डियाका मान्छेलाई मुग्लिनिया भनिन्थ्यो । र उताबाट गाडा लिएर हामी कहाँ धान किन्न आउथ्यो । हिजोको दिनमा उनीहरुले हामीबाट अनाज लगेर खान्थे । आज के भएको छ भने  हामीनै अरर्वौको अनाज किन्ने अवस्थामा पुगेका छौं । निश्चयनै हाम्रो अर्थतन्त्रमा कहीँनकहीँ कमजोरीहरु भए, जसले गर्दाखेरी यो परिस्थिति हुन पुगेको छ । र निर्यात कम, आगामी बढी हुन गएको छ । त्यसलाई कम गर्नका लागि हाम्रो शिवाय जलस्रोत बाहेक अरु उपाय छैन । त्यसका लागि अहिलेको सरकारले प्राइभेट सेक्टरलाई पनि व्यवस्थापन मिलाएर कसरी अघि साथीहरुले उठाउनु भयो । बुढीगण्डकीको गएर कुरा उठेका छन ।  उ बेला अरुण तेस्रोको बारेमा धेरै कुराहरु उठे । अरुण तेस्रो नहुँदा आज देशले समस्या भोग्नु परेको छ । विभिन्न कारणले अरुण तेस्रोलाई हामीले बन्न दिएनौं । जसले गर्दा हाम्रा विकासको क्रममा कमजोरीहरु भए । अर्को प्राथमिकता हाम्रो कृषिलाई राखिएको छ । तर कृषिका लागि सिचाई नै छैन । हामीले धेरै वर्षदेखि कराउँदै आयौं–सुनकोशी मरिन डाईभर्सन । यो सुरु भएको छ । यसलाई व्यवस्थित गर्न सक्यौं भने मधेशको ८ जिल्ला, जहाँ अन्नको भण्डार छ । हामी अन्न उब्जाउन सक्छौ । आफूलाई पु¥याएर विदेशलाई पनि हामी दिनसक्छौं । तर हामीले त्यो दिशातिर कहिल्यै पनि सोचेनौं । सिचाईको बारेमा सोचेनौं, कृषिलाई प्राथमिकतामा राख्दै राखेनौं । हामीले कृषिलाई व्यवसायीकरण गर्ने कोशिसनै गरेनौं । जसले गर्दादेखि आज हाम्रो यो अवस्था भएको छ । त्यसैले म खासगरी अहिलेको अर्थमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु–उहाँले कमसेकम ३÷४ वटा सिँचाई योजना कोशी कमला डाईभर्सन, कोशी मरिन डाईभर्सन, चतरा नहर, पश्चिम गएर गण्डक  नहर र बबइ । यी सबैलाई व्यवस्थित गर्न सकियो भने हामीलाई अन्नको कमी हुँदैन । अर्वौको अन्न किन्नुपर्ने अवस्थाबाट हामीले उन्मुक्ति पाउँछौं । त्यतिमात्रै होइन अहिले युवाहरु किन पलाएन हुँदैछन ? युवाले रोजगारी पाउँदैनन् । रोजगारी छैन, राम्रो शिक्षा छैन । हामीले जुन संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । त्यो संविधानको दायरा भित्र बसेर स्वास्थ्य र शिक्षालाई मौलिक अधिकार भित्र राखेका छौं । त्यसलाई व्यवस्थापन गरौं । र कृषि, ऊर्जा र पर्यटनलाई व्यवस्थापन गरौं । ’


सांसद ढुंगानाले सरकारले मुलकको आर्थिक क्षेत्रको विकासमा निजी क्षेत्रलाई सहभागी गराएर लैजान पहल गर्नुपर्ने बताउनु भयो । 

Previous Post

सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै शिर्ष नेताहरूलाई बुझाउने तयारी

Next Post

काँग्रेस सांसद केसीले भने–पुन र सुनको सम्बन्ध के हो, स्पष्ट होस्

Next Post

काँग्रेस सांसद केसीले भने–पुन र सुनको सम्बन्ध के हो, स्पष्ट होस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन