पोखरा,
[adrotate banner =”6″]
डाउन सिन्ड्रोम परिवार नेपाल द्वारा आयोजित डाउन सिन्ड्रोम अपाङ्गता अवस्था भएका छोरी र अभिभावकहरूलाई लैगिंक हिंसा विरुद्ध प्रयोगात्मक तालिमको सुरुवात भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका पोखरा महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले सन्सार मा जन्मिए पछाडि डाउन सिन्ड्रोम भएका बच्चा लाई हामी कसरी सहयोग गर्न सकिन्छ भनेर तालिम सञ्चालन गरिएको हो । उनिहरुलाई सन्सार मा रमाएर बस्नुको लागि साथै अभिभावक लाई सकारात्मक उर्जा को लागि गरेको हो । सरकार ले पनि विविध पक्षलाई लिएर हामी वडा परिवार ले सहयोग गर्न तत्पर छौ भनी बताए ।

कार्यक्रममा डाउन सिन्ड्रोम परिवार नेपालका अध्यक्ष कुसुम सेन्चुरीले बच्चाहरूलाई व्यवस्थापन गर्न प्रारम्भिक अवस्था अर्थात बाल्यकालमै हस्तक्षेप, उनीहरूमा हुने चिकित्सासम्बन्धी समस्याहरू बेलैमा पत्ता लगाएर उपचार दिने, संवेदनशील पारिवारिक वातावरण दिने र व्यवसायमूलक तालिम दिने जस्ता काम गर्न सकिन्छ । डाउन सिन्ड्रोम भएका मानिसको जीवनमा उनीहरूको विकाससम्बन्धी सुधार ल्याई विशेष शिक्षा र उचित स्याहार दिइएमा केही सुधार गर्न त सकिन्छ तर यस्तो अवस्थाको सम्पूर्णरूपमा निराकरण चाहिँ गर्न सकिँदैन भन्ने जानकारी दिए ।
कार्यक्रममा डाउन सिन्ड्रोम परिवार नेपालका सञ्चालिका तथा कोषाध्यक्ष प्रमिला कार्कीले डाउन सिन्ड्रोमको पहिचान जन्मनेबित्तिकै हुनसक्छ । धेरैजसो बच्चाको सन्दर्भमा डाक्टरले बच्चाको अनुहार हेरेरै पत्ता लगाउन सक्छन् र शङ्का भएमा क्रोमोजोम जाँचबाट समेत सजिलै पुष्टि गर्न सकिन्छ । यसरी हेर्दा डाउन सिन्ड्रोम अनुहारको विशेषता र बौद्धिक र शारीरिक अवस्थाबाट पत्ता लगाउन सकिन्छ । यसरी हेर्दा प्रारम्भिक हस्तक्षेपबाट बच्चाको निश्चित विकासका क्रममा शारीरिक व्यायामले मांसपेशीलाई दरो बनाउँछ, जसले बच्चाले गर्दन थाम्न, बस्न, उभिन र हिँड्न मद्दत पुग्छ । बोली/भाषा विकास व्यायामले प्रस्ट बोल्ने र बुझ्ने बनाउँछ भने अकुपेसनल व्यायामले उनीहरूको दैनिक जीवनमा स्वतन्त्र र स्वावलम्बी जीवनयापनका लागि अभ्यास र सामाजिक विकासको सीप सिकाउन मद्दत गर्छ भन्ने जानकारी दिए ।
कार्यक्रममा डाउन सिन्ड्रोम परिवार नेपाल परिवार , पोखरा महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तथा वडा बासीको सहभागिता रहेको थियो ।
[adrotate banner =”3″]
[adrotate banner =”4″]
[adrotate banner =”5″]






