• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज बालचतुर्दशी, भलामको हरिहर सन्यास आश्रममा शतबीज छरिँदै

नीतिप्रेस by नीतिप्रेस
November 30, 2024
in agriculture, Uncategorized, अन्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हरिहर सन्यास आश्रम र काठमाडौँको पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ।

पोखरा २० भलाम डाडामा अवस्थित श्री हरिहर गुफा सन्यास आश्रमलाई गण्डकी प्रदेश कै एक पबित्र तीर्थस्थल का रुपमा लिइन्छ । यहाँ बिशेष गरेर बालाचतुर्दशी का दिन ठूलो मेला लाग्दछ ।

यहाँ रहेको हरिहर भगवानको प्रशिद्ध मन्दिरका साथै पन्चमुखी हनुमान , श्री गणेश तथा अम्बरेश्वर शिवालयका अतिरिक्त हरिहर गुफा रहेको यस आश्रममा बिगत केही बर्ष देखि यो स्थान बालाचतुर्दशीका दिन दशौ हजारको सख्यामा भक्तजनको मेला लाग्ने गरेको छ।

आश्रमले जनाए अनुसार उक्तदिन सार्वजनिक यातायात समेत संचालन हुनेछन् । बस संचालन हुने स्थान रानीपौवा–नारायणस्थान पुल छेउहुँदै फुलबारी ११, केआइसिंह पुल हुँदै मातृशीशु अस्पताल बाटुलेचौरबाट सार्वजनिक यातायातले भक्तजनहरुलाई सेवा दिने आश्रमले जनाएको छ ।

हरिहर गुफा सन्यास आश्रम पोखरा २० भलाम जाऔं सत्विज छरेर पितृ उद्दार गरौं भन्ने मुल नारालाई सार्थक तुल्याउँदै १५ गते हुने वालाचतुर्दशी मेला भव्यरुपमा विभिन्न कार्यक्रमका साथ हुन गइरहेकोले सम्पूर्ण भक्तजन महानुभावहरुलाई सन्यास आश्रम भलामले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

समुन्द्री सतह देखि झन्डै १३०० मिटर उचाई मा रहेको यो स्थान अत्यन्तै रमाइलो र जीवनमा एक पटक जानै पर्ने स्थान मानिन्छ । विभिन्न सन्त , महन्तले ध्यान गरेको यो स्थानबाट माछापुच्छ्रे , अन्नपूर्ण हिमालयका साथै पोखरा सहर को अवलोकन गर्न सकिन्छ ।

यहाँ रहेको साधुहरुको समाधीस्थल र गुफाले आध्यात्मिक आनन्द प्रदान गर्दछ । यहाँ पुग्न पैदल मार्ग राम्रो छ भने मणिपाल अस्पताल बाट ६ किलोमीटर दूरी सवारी साधनबाट सजिलैसँग पुग्न सकिन्छ । श्रीपशुपतिनाथ मन्दिर परिशरमा सदबिज छर्न जान नसक्नेहरु यो ठाउमा आउने गर्छन् । यो बर्ष मार्ग १५ गते हुने बालाचतुर्दर्शी मेलालाई अझै ब्यवस्थित र आकर्षक बनाउन २० न वडा कार्यालय र आश्रम बिच सहकार्य र समन्वय भै रहेको बताइन्छ ।

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्छन्।

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,” उनले भने।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ।

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि प्रसिद्ध छ। सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएका थिए। मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो।

माता, पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाए।

धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । तर कुल परम्परा अनुसार कति भक्तजन भने शुक्रबार पनि बरखी बारेकै अवस्थामा पशुपतिनाथमा आएर बत्ती बालेका छन्। यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ। 

Previous Post

विवाहपञ्चमीको अवसरमा जनकपुरमा महासरसफाई अभियानको शुरुवात

Next Post

आदर्श युवा क्लब को २५ औ आदर्श कप २०८१ को अन्तिम चरणमा

Next Post

आदर्श युवा क्लब को २५ औ आदर्श कप २०८१ को अन्तिम चरणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन