• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक

नीतिप्रेस by नीतिप्रेस
January 12, 2025
in Uncategorized, अन्य, खेलकुद समाचार, नेपाली समाचार आजको, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गर्नुभएको छ ।


आईतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन नटिक्ने भन्नेकुरा हल्लामात्रै भएको बताउनु भयो । उहाँले गठबन्धन नटिक्ने भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताउनु भयो । उहाँले नेकपा एमाले र नेपाली काँग्रेसले गरेको सात बुँदे सहमतिअनुसा रनै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने दाबी गर्नुभयो । उहाँले संविधान संशोधन ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको बताउनु भयो । उहाँले संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरुसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो । यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन टिकिरहेको छ । राम्रो काम गर्नेकुरामा अघि बढेको छ । र हामी दुई पार्टी नेपाली काँग्रेस र नेकपा एमाले बीचमा बनेको सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ । र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ । संविधान संशोधन चरणवद्ध हो । ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन । संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गर्ने हो । त्यसको पहिचान गरेपछि सबै राजनीतिक दलहरुलाई ति विषयमा सहमति गरेर सबै राजनीतिक दलहरुका बीचमा वार्ता र संवादमार्फत संविधानका संशोधन गर्नुपर्ने अन्तरवस्तुमा सहमति गरिसकेपछि प्रक्रिया शुरु हुन्छ । १० वर्षको संविधानको अभ्यासमा देखिएका राम्रा र नराम्रा पक्षको अध्ययन गर्नुपर्छ । त्यसमा सबै राजनीतिक दलका बीचमा सहमतिको वातावरण बन्नपर्छ । के संशोधन गर्ने भन्नेमा सहमति गर्नपर्छ र मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने हो । के संशोधन गर्ने भन्नेमा हामीले दुई दलको कार्यदल बनाएर काम शुरु गरेका छौँ ।’


गृहमन्त्री लेखकले पश्चिम नेपालको भूकम्प जाजरकोट लगायतको जिल्लाहरुमा प्रभावित गरेको  र डोटी इपिसेन्टर भएको तथा अछाम, बझाङ, बाजुरा, डडेलधुरालाई प्रभावित गरेको भूकम्प र पछिल्लो समयको मनसुनजन्य विपद्बाट बाढी, पहिरोबाट भएको क्षतिको आँकलन भइसकेको बताउनु भयो । उहाँले अब त्यसलाई अर्थ मन्त्रालयमा पठाउने र अब पुनः निर्माण र पुनः स्थापनाको काम प्रारम्भ गर्ने निर्णय भएको बताउनु भयो । उहाँले डिडिए भइसकेको ठाउँमा पुनःनिर्माणमा जुट्ने र क्षतिको विस्तृत आँकलन नभएको स्थानमा आँकलनको काम तत्काल शुरु गर्ने निर्णय भएको बताउनु भयो । त्यसका लागि आवश्यक श्रोत साधनको वा बजेटको व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा पश्चिम नेपालको भूकम्प जाजरकोट लगायतको जिल्लाहरुमा प्रभावित गरेको भूकम्प, डोटी इपिसेन्टर भएको, अछाम, बझाङ, बाजुरा, डडेलधुरालाई प्रभावित गरेको भूकम्प र पछिल्लो समयको मनसुनजन्य विपद्बाट बाढी, पहिरोबाट क्षति भएको क्षतिको आँकलन भएको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सम्बन्धित निकायहरुबाट ति क्षतिहको विवरण आएको छ । त्यसलाई अर्थ मन्त्रालयमा पठाउने र अब पुनः निर्माण र पुनः स्थापनाको काम प्रारम्भ गर्ने । जुन जुन ठाउँमा डिडिए भइसकेको छ, त्यो ठाउँमा चाँडै पुनः निर्माणको कार्य प्रारम्भ गर्ने, जुन ठाउँमा क्षतिको विस्तृत आँकलन भएको छैन, त्यो ठाउँमा क्षतिको विस्तृत आँकलनको काम अब तुरुन्तै प्रारम्भ हुन्छ । त्यसका लागि आवश्यक श्रोत साधनको वा बजेटको व्यवस्था अर्थ मन्त्रालयले गर्दछ । सम्बन्धित मन्त्रालयमा अर्थ मन्त्रालयले विपद् प्राधिकरणमार्फत रकम पठाउँछ ।’


गृहमन्त्री लेखकले  सम्बन्धित मन्त्रालयमा अर्थ मन्त्रालयले विपद् प्राधिकरणमार्फत रकम पठाउने बताउनु भयो ।

Previous Post

फूलबारी क्लबद्वारा निशुल्क आँखा र दाँतको शिविर

Next Post

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते

Next Post

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन