Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा तमुल्हु ल्होसारभव्य रूपमा मनाउने तयारी,क्षेत्रीय तमु समाजसँग छलफल

नीतिप्रेस by नीतिप्रेस
November 16, 2026
in Uncategorized
0
पोखरामा तमुल्हु ल्होसारभव्य रूपमा मनाउने तयारी,क्षेत्रीय तमु समाजसँग छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । तमु प्ये ल्हु संघले यस वर्षको तमुल्हु ल्होसार पोखरामा भव्य र सभ्य रूपमा मनाउने तयारी थालेको छ । आगामी पुस १५ गते मनाइने ल्होसारलाई व्यवस्थित र सफल बनाउन संघले पोखरास्थित क्षेत्रीय तमु समाज तथा इकाई समितिका प्रतिनिधिसँग बृहत् छलफल गरेको छ ।

कार्तिक २८ गते तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको अध्यक्षतामा बसेको संयुक्त बैठकमा ल्होसारको तयारी, व्यवस्थापन र कार्यक्रम सञ्चालनका विषयमा छलफल भएको हो । छलफलका क्रममा तमु समुदायको मौलिक धर्म, संस्कार, संस्कृति, परम्परा तथा ऐतिहासिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै ल्होसारलाई सामूहिक एकता, सांस्कृतिक गौरव र पुस्तान्तरणको साझा उत्सवका रूपमा मनाउने विषयमा जोड दिइएको थियो ।

ल्होसार कार्यक्रम सफल बनाउन केन्द्रीय समिति, गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति,भ्रातृ संगठन, इकाई समिति, क्षेत्रीय तमु समाज तथा सम्पूर्ण तमु समुदायबीच आपसी समन्वय,सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुले तमु समुदायको मौलिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक विरासतलाई जीवन्त राख्दै नयाँ पुस्तामा यसको महत्त्व हस्तान्तरण गर्न ल्होसार महत्त्वपूर्ण अवसर भएको बताए । उनले संघसँग आबद्ध प्रदेश, जिल्ला तथा इकाई समितिहरूलाई पनि ल्होसार भव्य रूपमा मनाउन निर्देशन दिइएको जानकारी दिए ।

तमु एकता तथा मौलिक संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि सामूहिक सहभागिता नै ल्होसार उत्सवको मुख्य आधार भएकोमा सहभागीहरूले जोड दिएका थिए । बैठकमा यस वर्ष पोखरामा विविध सांस्कृतिक कार्यक्रमसहित ल्होसार भव्य र सभ्य रूपमा मनाउने विषयमा सकारात्मक ऐक्यबद्धता जनाइएको थियो ।

बैठकको सञ्चालन संघका केन्द्रीय महासचिव अर्जुन प्ल्हें तमुले गरेका थिए । उपाध्यक्ष हर्क योज तमुले कार्यक्रम व्यवस्थापन, जिम्मेवारी तथा कार्यविभाजनसम्बन्धी पूर्व संस्थागत निर्णयबारे सहभागी समाज तथा इकाईका प्रतिनिधिलाई जानकारी गराएका थिए ।

Previous Post

प्रकृति र मानव जीवनको अटुट डोरी छठ पर्वले जोड्छ : प्रदेश प्रमुख डिल्लीराज भट्ट

Next Post

जलवायु न्याय बिना मानव अधिकारको रक्षा असम्भव ,

Next Post
जलवायु न्याय बिना मानव अधिकारको रक्षा असम्भव ,

जलवायु न्याय बिना मानव अधिकारको रक्षा असम्भव ,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन