पोखरा,पोखरामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको ११ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ।
११ औं वार्षिक साधारण सभा बोल्दै गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्षले मनोज रसाइलीले संघीय सरकारले बर्खा याममा ढुङ्गा, गिटी र बालुवा निकासीमा लगाएको प्रतिबन्द पुन: अध्ययन गरेर प्रतिबन्द खोल्न माग गरेका छन् ।
‘संघीय सरकारले असार साउन र भदौमा ढुङ्गा, गिटी र बालुवा निकाल्न प्रतिबन्ध लगाएको छ, जसले गर्दा निर्माण सामग्री ढुवानी व्यवसायी मजदुरहरु अन्यायमा परेका छन्, अध्यक्ष रसाइलीले भने, ‘ संघीय सरकारले लगाएको यो प्रतिबन्ध पुनः अध्ययन भएर प्रतिबन्द खुल्ला गर्न माग गर्छु ।’
अध्यक्ष मनोजले भैपरी आउने सवारी दुर्घटनामा बिमाबाट प्राप्त हुने औषधी उपचार खर्च कम भएकाले यसमा पुनर्विचार गरी औषधी उपचारमाको माददण्ड बनाउनसमेत माग समेत गरेका छन् ।
सो साधारण सभामा उत्कृष्ट व्यवसायीका रुपमा कैलाश घिमिरे र उत्कृष्ट सवारी चालकका रुपमा छवे नेपाली (अर्जुन) लाई सम्मान गरिएको थियो ।






